Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकले आज फेरी २० अर्ब तान्दै

तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकले आज फेरी २० अर्ब तान्दै


  • 960
    Shares

    तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकले आज फेरी २० अर्ब तान्दै

    काठमाडौं । वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्ने भएको छ ।

    निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनको लागि २० अर्ब रुपैयाँ निकाल्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप संकलनमा पैसा लिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने छन् ।

    निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा जारी गरेको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने रहेको छ । 

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ०९:४३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij