२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनी ५ हजार ७९० कित्ता संस्थापक सेयर संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने हून्छ।
साथै, तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीबाट सो सेयर खरिदको लागि आवेदन प्राप्त नभएको खण्डमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij