Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मध्यभोटेकोसीले डेढ अर्बको आइपिओ ल्याउन पायो अनुमति, भर्ने जति सबैले पाउने 

मध्यभोटेकोसीले डेढ अर्बको आइपिओ ल्याउन पायो अनुमति, भर्ने जति सबैले पाउने 


  • 9.5K
    Shares

    मध्यभोटेकोसीले डेढ अर्बको आइपिओ ल्याउन पायो अनुमति, भर्ने जति सबैले पाउने 
    images

    मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। 

    कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो। सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइनेछ। 

    प्रभावित स्थानीय र सर्वसाधारणका लागि सो परिमाण छुट्याइएको छ। बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ। 

    आइपिओ भर्नेमध्ये कमैले मात्रै पाएको अवस्थामा यस आयोजनाको आइपिओ भने अधिकांशले पाउने भएका छन्। बोर्डको स्वीकृति पाइसकेको आयोजनाले अबको २ महिनाभित्र आइपिओ जारी गर्नेछ। 

    सिन्धुपाल्चोकमा निर्माणाधीन यस आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विद्युत बिक्री हुने अनुमान छ।

    व्याजसहित १५ अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ। अनुमानित लागतअनुसार प्रतिमेगावाट १४ करोड ७० लाख लाग्नेछ। तर समयावधि लम्बिँदै जाँदा आयोजनाको लागत थप बढ्न सक्नेछ। 

    कुल सेयरमा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई र ५१ प्रतिशत संस्थापक समूहको रहनेछ। संस्थापकमा चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ। 

    आयोजनाको बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७।२ किलोमिटर लामो सुरुङमार्ग हुनेछ।

    ३४ मेगावाट क्षमताका ३ युनिटबाट १०२ मेगावाट उत्पादन क्षमता रहनेछ। सन् २०११ मै विद्युत प्राधिकरणसँग खरिद सम्झौता भएको थियो।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १४:५३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij