Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रभु बैंकले गर्यो गण्डकी प्रदेशमा लघु, साना, मझौला तथा उपभोक्ता ऋण केन्द्रको स्थापना

प्रभु बैंकले गर्यो गण्डकी प्रदेशमा लघु, साना, मझौला तथा उपभोक्ता ऋण केन्द्रको स्थापना


  • 946
    Shares

    प्रभु बैंकले गर्यो गण्डकी प्रदेशमा लघु, साना, मझौला तथा उपभोक्ता ऋण केन्द्रको स्थापना

    काठमाडौं । प्रभु बैंकले गण्डकी प्रदेशको लघु,साना तथा मझौला उद्यम र उपभोक्तालाई लक्षित गरी लघु, ऋण केन्द्रको स्थापना गरेको छ।

    प्रभु बैंकको गण्डकी प्रदेशको प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा उद्घाटन भएको बैंकले जानकारी दिएको छ । केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने दाबी गरेका छन्।

    विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्ने छ भने उपभोक्ता वर्गको लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतको आवश्यकताहरूको लागि विविध ऋण योजना उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - ११:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij