Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तरलता व्यवस्थापनको लागि ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

तरलता व्यवस्थापनको लागि ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक


  • 862
    Shares

    तरलता व्यवस्थापनको लागि ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा तरलता बढी भएपछि आज फेरि  पनि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्ने भएको छ । तरलता व्यवस्थापनको लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले सो रकम झिक्न भएको छ ।

    आइतबार सार्वजनिक बिदा भएकाले आज बैंकले पैसा निकाल्न लागेको हो । अधिक तरलता व्यवस्थापनको लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २३ दिनको लागि उक्त रकम झिक्न भएको छ । आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवाहन गरेको छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने भएको छ। 

     

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १०:५७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij