Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नारायणी अस्पताल वीरगञ्जमा ६ वटा नयाँ सेवा प्रारम्भ गर्ने निर्णय भएको छ

नारायणी अस्पताल वीरगञ्जमा ६ वटा नयाँ सेवा प्रारम्भ गर्ने निर्णय भएको छ


  • 1.3K
    Shares

    नारायणी अस्पताल वीरगञ्जमा ६ वटा नयाँ सेवा प्रारम्भ गर्ने निर्णय भएको छ

    काठमाडौं नारायणी अस्पताल वीरगञ्जमा ६ वटा नयाँ सेवा प्रारम्भ गर्ने निर्णय भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको भएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितीको  बैठकमा गरिएको प्रतिवद्धता अनुसार उक्त सेवा सुरु गरिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताएका छन्। 

    डा दासका अनुसार  विगत लामो समयदेखि बन्द रहेको अडियोलोजी सेवा र हिस्टोप्याथोलोजी सेवा समेत सुरु गरिने भएको छ। अडियोलोजी सेवाका लागि स्वास्थ्य सेवा विभागवाट छात्रवृतत्ति करारको जनशक्ति प्राप्त भएपछि सुरु हुनेछ भने प्याथोलोजीको विशेषज्ञ चिकित्सक करारमा लिई विगत दुई वर्षदेखि बन्द रहेको हिस्टो प्याथोलोजी सेवा सुरु गरिनेछ। 

    यसैगरि स्वास्थ्य सेवा बिभाग, टेकुबाट प्राप्त क्लोनोस्कोपी मेसिन प्रयोग गरी महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच गरिने निर्णय पनि लिइएकव छ। 
    त्यसैगरी नेपाल सरकारको नीति अनुरुप अस्पतालको बालरोग विभागको नवजात शिशु सघन उपचार केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली   लागु गरिएकोमा आगामी दिनमा अन्य वार्डहरुमा समेत क्रमशः विस्तार गरिनेछ। 

    बिरामीको नमूना संकलन, जाँच तथा सेवाग्राहीलाई प्रतिबेदन प्राप्त गर्न सहजताको लागि प्रयोगशालामा कम्प्युटर प्रबिधिमा आधारित ल्याब इन्फरमेसन  प्रणाली लागु गरिनेछ । बिरामीहरुलाई टिकट काट्न, सेवा दस्तुर भुक्तानी गर्न लाईनमा लामो समय बस्नुपर्ने झन्झट समाधानको लागि हालको लागी टिकट र बिलिङमा टोकन मेसिन जडान गरी सो प्रणाली लागु गर्ने निर्णय गरिएको छ। 

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - ११:१०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij