२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता सम्पन्न भएको छ ।
नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् ।
छुट योजना २०८१ चैत्र २२ गतेदेखि सरु भई २०८१ चैत्र ३१ गतेसम्म लागु हुने छ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नामको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।
हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij