२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन विजनेश कनेक्टद्धारा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । महालक्ष्मी विकास बैंकले ग्राहक केन्द्रीत सेवामा अन्तराष्ट्रिय अवार्ड पाएको छ ।
ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको, ग्राहकहरुलाई अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले असल भुमिका निर्वाह गरेको मुल्याङकन गर्दै म्यागजिन विजनेश कनेक्टले सम्मान गरेको हो ।
विजनेश कनेक्ट म्यागजिनले नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति रसंस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताको साथ प्रकाशन गर्दै आईरहेको छ । आम नेपाली नागरिकहरुलाई समेत बैंकिङ्ग प्रणाली भित्र ल्याउन सकिने तथा अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
हालै बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij