२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता वृदिपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज थप ३० अर्ब रुपैयाँ तान्न लागेको छ।
आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्नु पर्ने बैंकले जानकारी दिएको छ ।
निक्षेप संकलनको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाहरुले मात्र सहभागी हुन पाउने व्यवस्था रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij