२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । मङ्गलवार बिहान ९ बजेदेखि बसेको प्रदेशसभाका ७ दलको बैठक निष्कर्षविहीन बनेको हो ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आह्वान गरेको उक्त बैठकमा दलहरूबिच सहमति हुन नसकेको हो । सत्तापक्ष र प्रतिपक्ष बिचको विगतको बजेट माथिको सहमति र पछिल्लो समय भएको सहकारी मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठक निष्कर्ष विहीन बनेको हो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलका सरकारले प्रतिपक्षलाई समेट्ने र हाउस चलाउने विषयमा गम्भीरता नदेखाउँदा सहमति जुट्न नसकेको हो । सर्वदलीय बैठकमा संसद् चलाउने वातावरण तयार गर्न प्रतिपक्षले माग गर्दा पनि सरकार त्यसमा जिम्मेवार बन्न नसकेको उनको भनाई छ ।
प्रतिपक्षका तर्फबाट विगतमा भएको बजेट माथिको सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको स्वकीयको छानबिन समिति गठनका विषयमा उठान भएको उनले बताए । सो विषयमा सरकारले उचित जवाफ र सकारात्मक प्रतिक्रिया नजनाएपछि सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको नेता जम्कट्टेलले बताए । सरकारको प्रतिबद्धता सहितको जवाफ नआए संसद् अघि बढ्न नसक्ने उनको भनाई छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij