Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिभिल लघुवित्तको ७ नयाँ शाखा एकैसाथ संचालनमा

सिभिल लघुवित्तको ७ नयाँ शाखा एकैसाथ संचालनमा


  • 9.1K
    Shares

    सिभिल लघुवित्तको ७ नयाँ शाखा एकैसाथ संचालनमा

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले सात जिल्लामा ७ वटा शाखा कार्यालयहरु संचालन गरेको छ ।

    संस्थाले झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको जनाएको छ ।

    काठमाडौंमा केन्द्रीय कार्यालय भएको यस संस्थाले यस अघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको थियो । अब नयाँ सात शाखा संचालन पछि ६२ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्ने भएको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १२:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij