२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द मल्ल होटलबीच सम्झौता भएको छ । मल्ल होटलले सिटिजन्स बैंकको ग्राहकहरूलाई आकर्षक छुट दिने समझदारील पत्रमा हस्ताक्षर भएको हो ।
सिटिजन्स बैंकको कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले द मल्ल होटलमा १५ प्रतिशत आकर्षक छुट पाउने भएका छन् ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउने गरेको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न व्यवस्था रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij