२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम यस बाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् ।
ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्देश्यले बैंकले विभिन्न स्कुल तथा कलेजको हजारौँ विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशको शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी ”थिंक विफोर यु फलो वाइज मनि टुमरो” नारासहित सञ्चालन गरेको थियो।
यस अभियान अन्तर्गत बैंकिङसँग कारोबार गर्दा हुने फाइदाहरू, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । विद्यार्थीहरूलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय सचेतनाबारे ज्ञान प्रदान गरिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij