२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । प्रहरीले काठमाडौंमा मोबाइल चोरीमा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ ६ बजेतिर ठिमीबाट कोटेश्वर आउँदै गरेको सार्वजनिक बसमा सवार यात्रुको साथमा रहेको मोबाइल चोरी भएपछि अनुसन्धान गर्दा थप व्यक्ति र सामान समेत बरामद गरेको हो।
कोटेश्वरचोक नजिकबाट पाकेटमारी भागेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।प्रारम्भिक अनुसन्धान गर्दा निजहरूले चोरी गरेका मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुलेको थियो।
मोबाइल रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा विभिन्न कम्पनीका मोबाइल २७१ थान, ट्याव ९ थान र ल्यापटप १५ थान बरामद गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
प्रहरीले रिपेयरिङ सेन्टरका सञ्चालक सहित ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका ५ घर भई ललितपुर सानागाउँ बस्ने ३५ वर्षका प्रमोद परियार, काभ्रेको खानिखोला गाउँपालिका ५ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २६ वर्षका गुनराज न्यौपाने, रौतहट, चन्द्रनिगाहपुर नगरपालिका १ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने ३० वर्षका हेमन्त राना मगर, दोलखाको सैलुङ गाउँपालिकाक ६ स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने २८ वर्षका शम्भु विश्वकर्मा रहेका छन्।
यस्तै सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २२ वर्षका राजेश चालिसे, दोलखाको कालिन्चोक गाउँपालिका ५ स्थायी घर भई हाल चाबहिल बस्ने २१ वर्षका सबिन पाण्डे र काठमाडौँ सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षका प्रकाश कट्वाल रहेका छन्।
कुन कम्पनीका कति मोबाइल बरामद?

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij