Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बजेटको चटारोमा परेका अर्थ मन्त्रालयका सह-सचिवको मन्त्रीले किन गरे सरुवा,को-को कता पुगे ?

बजेटको चटारोमा परेका अर्थ मन्त्रालयका सह-सचिवको मन्त्रीले किन गरे सरुवा,को-को कता पुगे ?


  • 8.0K
    Shares

    बजेटको चटारोमा परेका अर्थ मन्त्रालयका सह-सचिवको मन्त्रीले किन गरे सरुवा,को-को कता पुगे ?
    images

    आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटको तयारी भइरहेका बेला अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ ।

    मन्त्रीस्तरीय निर्णयबाट थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ ।

    त्यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य अर्थ मन्त्रालयमा कामकाजका लागि ल्याइएको छ भने विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा सरुवा भएका छन् ।

    अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासकमा पदस्थापन भएका छन् भने उमाकान्त आचार्य अर्थमन्त्रालयबाट सह महालेखा नियन्त्रकमा पदस्थापन भएका छन् ।

    त्यस्तै ईश्वरीप्रसाद अर्यालय अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशकमा पदस्थापन भएका छन् भने महेश भट्टराई केदार पनेरु अवकास भएपछि रिक्त हुने पदमा पदस्थापन हुने गरि अर्थ मन्त्रालयमै राखिएका छन् ।

    अर्थका सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख र भन्सारका उपमहानिर्देशक भूमिराम शर्मा नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा काज सरुवा भएका छन् ।

    सहसचिवहरूको पदस्थापन यस्तो छ :-

    १. थानप्रसाद पंज्ञानी – सह महालेखा नियन्त्रक
    २. अच्युतप्रसाद शिवाकोटी – प्रमुख जाँचपास प्रशासक
    ३. उमाकान्त आचार्य – सह महालेखा नियन्त्रक
    ४. ईश्वरप्रसाद अर्याल – उप महानिर्देशक,भन्सार विभाग
    ५. बाबुराम सुवेदी – कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
    ६. विश्वप्रसाद अर्याल – वीरगन्ज भन्सार प्रमुख
    ७. महेश भट्टराई – अर्थ मन्त्रालय
    ८. महेश आचार्य – अर्थ मन्त्रालय
    ९. बाबुराम भण्डारी – सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
    १०. भूमिराम शर्मा – सदस्य सचिव,नेपाल राजश्व परामर्श विकास समिति

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १६:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij