Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल बैंकको ३ सञ्चालकको निर्वाचन रोक्न उच्च अदालतको आदेश

नेपाल बैंकको ३ सञ्चालकको निर्वाचन रोक्न उच्च अदालतको आदेश


  • 1.4K
    Shares

    नेपाल बैंकको ३ सञ्चालकको निर्वाचन रोक्न उच्च अदालतको आदेश
    images

    काठमाडौं ।  नेपाल बैंककोआज हुने भनिएको ३ सञ्चालकको निर्वाचन रोक्नेगरी अल्ककालिन अन्तरिम आदेश जारी गरेको छ । सञ्चालकको पदमा निर्वाचन नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    मंगलबार उच्चको कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले बैंकको पूर्वसञ्चालक विवेक शमशेर जबराले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आदेश जारी गरेको छ । बैंकले बुधबार सर्वसाधारण शेयरधनीको तर्फबाट तीन सञ्चालक निर्वाचित गर्ने मुख्य एजेन्डासहित साधारणसभा बोलाएको थियो । 

    सञ्चालक पदबाट राजीनामा दिएको ६ महिना नपुगी उम्मेदवारी दिएको भन्दै उजुरी परेपछि गत चैत १ गते निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन रद्द गरेको हो। जबराले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै रिट दायर गरेका छन् । 

    उच्चले दुवै पक्षबिच छलफल गराइ अन्तरिम आदेशको निष्कर्षमा पुग्न सकिने भन्दै २ पक्षलाई चैत ११ गते छलफलको लागि बोलाएको हो।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १५:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij