२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०७५/२०७६ को नगद लाभांश लिन सेयरधनीहरु हालसम्म पनि नआएकोले ३५ दिन भित्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको छ। बैंकले ५ वर्षभन्दा पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको हो।
३५ दिन भित्र पनि सेयरधनीले लाभांश लिन नआएमा सम्बन्धित सेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij