Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बैंकहरुको कुल निक्षेप संकलन ६० खर्ब ३७ अर्ब, कुन बैंकको कति छ ?

बैंकहरुको कुल निक्षेप संकलन ६० खर्ब ३७ अर्ब, कुन बैंकको कति छ ?


  • 1.4K
    Shares

    बैंकहरुको कुल निक्षेप संकलन ६० खर्ब ३७ अर्ब, कुन बैंकको कति छ ?
    images

    काठमाडौं । ८ महिनामा निक्षेप संकलन ४.९० प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह ६.११ प्रतिशतले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार चालु आवको फागुन मसान्तसम्म कुल निक्षेप संकलन ६० खर्ब ३७ अर्ब पुगेको छ भने कर्जा विस्तार ४८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । फागुन मात्रै ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपिएको छ ।  

    चालु आवको पहिलो महिना अर्थात् साउनमा बैंकहरुको निक्षेप ३९ अर्ब घटेको थियो भने भदौमा ७३ अर्ब र असोजमा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । संघको अनुसार कात्तिकमा भने १९ अर्ब घटेको देखिन्छ । त्यसपछिका महिनामा भने क्रमशः निक्षेप बढ्दै गएको आँकडा छ । मंसिरमा मात्रै ३३ अर्ब, पुसमा ५१ अर्ब निक्षेप बढेको देखिन्छ । 

    समिक्षा अवधिमा पनि बैंकको निक्षेप ६१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप घटेर २ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँ कायम रहेको छ ।

    राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि १८ अर्ब ४१ करोड, एनएमबि बैंकको निक्षेप पनि ३९ अर्ब ७६ करोड, लक्ष्मी सनराइजको १६ अर्ब ९५ करोड, सानिमा बैंकको १५ अर्ब ६८ करोड, स्ट्याण्डर्ड चार्टर्डको १० अर्ब ५० करोड, नबिलको ३४ अर्ब ४९ करोड, एभरेष्टको ३४ अर्ब ४७ करोड, सिटिजनको १० अर्ब १६ करोड, कृषि विकासको ९ अर्ब ५२ करोड, माछापुच्छ्रे बैंकको ६ अर्ब ७५ करोड, ग्लोबल आइएमईको २८ अर्ब ३४ करोड, प्राइमको २७ अर्ब १६करोड, नेपाल बैंकको २६ अर्ब ८३ करोड रुपैयाँ नेपाल एसबिआईको ६ अर्ब ३ करोड, कुमारीको ५ अर्ब ८३ करोड, हिमालयनको ५ अर्ब ३२ करोड र सिद्धार्थ बैंकको १ अर्ब ४१ करोड र प्रभू बैंकको ६८ करोड वृद्धि भएको छ ।

    समिक्षा अवधिमा बैंकको कर्जा लगानी ३९ अर्ब ६ करोड रुपैयाँ वृद्धि भएको छ भने गत असारको तुलनामा बैंकको कर्जा लगानी १० प्रतिशत बढेर ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको हो ।

     

     

     

    राष्ट्रिय वाणिज्य बैंकको २७ अर्ब ४२ करोड,  एभरेष्ट बैंकको कर्जा लगानी ३७ अर्ब ५८ करोड रुपैयाँ ,लक्ष्मी सनराइजको २६ अर्ब ९ करोड, नबिल बैंकको २६ अर्ब ४ करोड, एनएमबि बैंकको २९ अर्ब १३ करोड ,इन्भेष्टमेन्ट मेगा बैंकको २२ अर्ब ८३ करोड,कुमारीको ७ अर्ब ६८ करोड, नेपाल एसबिआईको ६ अर्ब ८३ करोड,  माछापुच्छ्रेको १४ अर्ब ५ करोड, सानिमाको १३ अर्ब ९० करोड, सिटिजनको १२ अर्ब ३० करोड, सिद्धार्थको १२ अर्ब ९ करोड, हिमालयनको ४ अर्ब ९ करोड, नेपाल बैंकको कर्जा प्रवाह १७ अर्ब ६७ करोड र प्राइमको २१ अर्ब ७९ करोड रुपैयाँ वृद्धि भएको छ ।

    स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एशिया र प्रभू बैंकको कर्जा घटेको छ । समिक्षा अवधिमा यी बैंकहरुको कर्जा लगानी क्रमशः ३५ अर्ब ४३ करोड, ३ अर्ब ८३ करोड र १ अर्ब ३५ करोड रुपैयाँ घटेको हो ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १६:५९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij