Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

महालक्ष्मी विकास बैंकको डिजिटल संस्करण सार्वजनिक

महालक्ष्मी विकास बैंकको डिजिटल संस्करण सार्वजनिक


  • 1.4K
    Shares

    महालक्ष्मी विकास बैंकको डिजिटल संस्करण सार्वजनिक

    काठमाडाैं । महालक्ष्मी विकास बैंकले  “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजनिक गरेकाे छ । परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्यका साथ  केन्द्रिय कार्यालय, दरबारमार्गमा आइतबार आयोजित एक कार्यक्रमका बीच महालक्ष्मी विकास बैंकले  “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजनिक गरेकाे हाे ।

    महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकका अनुसार महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत हेर्न/डाउनला्ड गर्न सकिनेछ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १६:२२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij