Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपाल राष्ट्र बैंकले नोट छाप्न ६ कम्पनी छनोट गर्यो

नेपाल राष्ट्र बैंकले नोट छाप्न ६ कम्पनी छनोट गर्यो


  • 1.6K
    Shares

    नेपाल राष्ट्र बैंकले नोट छाप्न ६ कम्पनी छनोट गर्यो
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ। छनोट भएको ६ कम्पनीले आगामी वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउने छन्।

    २-२ वर्षमा नोट छाप्ने नयाँ चक्र सुरू हुन्छ, अबको चक्रको लागि छानिएका यी कम्पनीहरूले प्रतिस्पर्धा गर्न सक्ने छन् । जुन जुन नोट छाप्न पर्ने हुन्छ, त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ। ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छन। 

    नेपाल राष्ट्र बैंकले पहिलो चरणमा छनोट कम्पनीहरु जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, बेलायतको डि ला रुउ इन्टरनेसनल, रसियाको जोइन्ट स्टक कम्पनी र फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएको छ । अहिले बजारमा ६ खर्ब ४० अर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन्। 

    ५ अर्ब ५९ करोड रूपैयाँ बराबरको १० दरका नोट र ३ अर्ब ७९ करोड रूपैयाँ बराबरको ५,२, १ दरका नोट चलनचल्तीमा रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १६:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij