२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । ज्योति विकास बैंक र डेकोर प्यालेसबिच सम्झौता भएको छ । बैंकका ग्राहकहरूले डेकोर प्यालेस फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।
डेकोर प्यालेसमा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न सामग्रीहरू उपलब्ध रहेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij