Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एनआइसी एसियाले आफ्नो स्वामित्वमा रहेको ९७ हजार ७०६ कित्ता सेयर आजबाट फेरि ल्यायो लिलामीमा

एनआइसी एसियाले आफ्नो स्वामित्वमा रहेको ९७ हजार ७०६ कित्ता सेयर आजबाट फेरि ल्यायो लिलामीमा


  • 8.7K
    Shares

    एनआइसी एसियाले आफ्नो स्वामित्वमा रहेको ९७ हजार ७०६ कित्ता सेयर आजबाट फेरि ल्यायो लिलामीमा

    काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ९७ हजार ७०६ कित्ता संस्थापक सेयर आज (वैशाख ५ गते) बाट फेरि लिलामीमा बिक्री खुला गरेको छ ।

    जसमा नेसनल लाइफ इन्सुरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर रहेको छ । यसमा वैशाख १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 
     
    लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १४ सय ५५ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ४६३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

    दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १०:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij