२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा बस्ने भएको छ । आगामी चैत ११ गते बैंक वार्षिक साधारण सभा बोलाएको छ। झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजेबाट साधारण सभा सुरु हुने भएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने, वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरिने भएको हो। आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा राखिएको छ।
बैंकले अन्य बैंक र वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत प्रस्तुत गर्ने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij