Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज एकैदिन नेपालमा भूकम्पका ३ धक्का

आज एकैदिन नेपालमा भूकम्पका ३ धक्का


  • 2.6K
    Shares

    • images
    आज एकैदिन नेपालमा भूकम्पका ३ धक्का

    नेपालमा आज (फागुन २४ गते) एकैदिन भूकम्पका ३ धक्का गएका छन्। 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३:१४ बजे म्याग्दीमा ४ म्याग्निच्युड र यसको ३ घण्टापछि बिहान ६:२० बजे बागलुङमा ४.१ म्याग्निच्युडको भूकम्प गएका हुन्। 

    यसपछि आजै दिउँसो २:३५ बजे तिब्बत केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौँसम्म धक्का महसुस भएको हो। साथै पूर्वी जिल्लामा पनि धक्का महसुस भएको बताइएको छ। ‘आज एकैदिन नेपालमा भूकम्पका ३ धक्का गएका छन्’, भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भने। 

    यसैबीच काठमाडौँ उपत्यकामा ८ दिनको फरकमा भूकम्पका २ धक्का गएका छन्। यसअघि फागुन १५ गते राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प जाँदा पनि काठमाडौँ नराम्ररी हल्लिएको थियो।

    प्रकाशित मिति :फाल्गुण २४ २०८१ शनिवार - २०:५५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij