Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कामना सेवा विकास बैंकमा अब मोबाइल बैंकिङबाटै मुद्दती खाता खोल्न सकिने

कामना सेवा विकास बैंकमा अब मोबाइल बैंकिङबाटै मुद्दती खाता खोल्न सकिने


  • 1.9K
    Shares

    कामना सेवा विकास बैंकमा अब मोबाइल बैंकिङबाटै मुद्दती खाता खोल्न सकिने

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अब बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने सेवा सुरु गरेको छ ।

    ग्राहकहरूले बैंकमा भौतिक रूपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइलएप, केएसआई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्ने बैंकले जानकारी गराएको छ ।

    ग्राहकहरूले अब बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । केएसआई मोबाइल बैंकिङमा लगइन गरी फिक्स्ड डिपोजिटु छनोट गरी आफूले चाहेको निक्षेप रकम भरेर सजिलै यो सेवा लिन सकिनेछ ।

    बैंकले प्रविधिको विकासलाई आत्मसात् गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०८१ बिहिवार - १६:२२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij