Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सुरक्षित गर्ने अन्तिम दिन आज


  • 1.4K
    Shares

    नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सुरक्षित गर्ने अन्तिम दिन आज

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  फागुन ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको प्राथमिक सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अहिले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको छ।

    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।  १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको लागि निष्कासन गरेको थियो । 

    कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको हो।

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८१ बिहिवार - ११:५९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij