Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एलआइसी नेपालको २४औं वार्षिक साधारण सभा सम्पन्न

एलआइसी नेपालको २४औं वार्षिक साधारण सभा सम्पन्न


  • 568
    Shares

    एलआइसी नेपालको २४औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एलआइसी नेपालको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सम्पन्न भएको हो ।

    सभाले हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सभाले सो प्रस्ताव अनुमोदन गरेको छ ।

    सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरू एवं स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गरेको छ । संचालक समितिका अध्यक्ष र सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

    लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०८१\८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

    सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०८१ \८२ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गरेको छ । 

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १२:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij