Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन : प्रविधिको प्रयोगबाटै विकास तीव्र बनाऔँ

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन : प्रविधिको प्रयोगबाटै विकास तीव्र बनाऔँ


  • 1.5K
    Shares

    लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन :  प्रविधिको प्रयोगबाटै विकास तीव्र बनाऔँ

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लुम्बिनी प्रदेशसभामा सम्बोधन सुरु  गरेका छन् ।  उनले केहीबेर अघि सम्बोधन सुरु गरेका हुन् । 

    सम्बोधनमा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने बताए  । उनले सहकार्य गरेर नेपाललाई नेपाली आफैँले बनाउनुपर्नेमा जोड दिए ।

     कुनै पनि देश अर्काले आएर नबनाइदिने बताउँदै प्रधानमन्त्री ओलीले नेपालाई पनि हामी आफैँले बनाउनुपर्ने बताए ।

    ‘ यसअगाडि छिमेकी चीन पनि गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ ।  प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ ।’ 

    उनले उद्योगहरू स्थापनाका लागि लगानी विस्तार गर्नुपर्ने समेत बताए । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नु तयार रहेको समेत उनले बताए । 

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - १४:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij