२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । सानिमा रिलायन्सले २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीका केही संस्थापक सेयरधनीले आफूसँग रहेको सेयर बेच्न कम्पनीमा निवेदन दिएपछि सेयर बिक्रीमा राखिएको हो। सेयर किन्न इच्छुक संस्थापकले आउदो चैत ६ गतेभित्र काठमाडौंको बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु कम्पनीले जानकारी दिएको छ। यो अवधिभित्र सम्पूर्ण सेयर बिक्री नभएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij