२०८२ माघ ७ गते बुधवार
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कानुनी प्रक्रिया पूरा नगरी जनकपुर पिडारी चौकस्थित सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।
शुक्रबार राति ११ बजे मुस्कान अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले दर्ता, अनुमति लगायतको कागजात अस्पताल सञ्चालकसँग माग गरेका थिए। सो क्रममा सम्बन्धित निकायमा दर्ता नै नगरी अस्पताल सञ्चालन भइरहेको देखिए पछि मुख्यमन्त्री सिंहले शनिबार आज बिहानसम्म त्यहाँ भर्ना रहेका बिरामीलाई अर्को अस्पतालमा व्यवस्थापन गरी अस्पताल बन्द गरेर साँचो आफुलाई बुझाउन निर्देशन दिएर फर्केका थिए।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले स्वास्थ संस्थाको अनुगमन अभियान सुरु गरेका थिए। तर, मधेश प्रदेशमा उनको स्थानमा स्वास्थ मन्त्रीको जिम्मेदारी शत्रुधन सिंह कोइरीले पाएदेखि स्वास्थ संस्थाको अनुगमन निरीक्षण रोकिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij