Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनएमबि बैंकद्वारा रुकुममा २०२औँ शाखा उद्घाटन

एनएमबि बैंकद्वारा रुकुममा २०२औँ शाखा उद्घाटन


  • 1.6K
    Shares

    एनएमबि बैंकद्वारा रुकुममा २०२औँ शाखा उद्घाटन

    काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गरेको छ । बैंकले माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औँ शाखा उद्घाटन गरेको हो ।

    उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख  रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भयो ।

    नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।

    एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तीकरणमा योगदान पु¥याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको जनाइएको छ ।

     

    प्रकाशित मिति :माघ १६ २०८१ बुधवार - १४:०७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij