Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकका ग्राहकहरूले वात्सल्य नेचुरल आईभिएफमा १० हजारसम्म छुट पाउने

कुमारी बैंकका ग्राहकहरूले वात्सल्य नेचुरल आईभिएफमा १० हजारसम्म छुट पाउने


  • 1.5K
    Shares

    कुमारी बैंकका ग्राहकहरूले वात्सल्य नेचुरल आईभिएफमा १० हजारसम्म छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्साल, काठमाडौँस्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबिच ग्राहकहरूलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरूबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    सो सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजार रुपैयाँ बराबरका छुट प्रदान गरिनेछ । साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । 

    वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन् क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरू प्रदान गर्दै अएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रकाशित मिति :माघ ८ २०८१ मंगलवार - १३:५३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij