Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, लाभांश क्षमता १० प्रतिशत

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, लाभांश क्षमता १० प्रतिशत


  • 2.1K
    Shares

    कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, लाभांश क्षमता १० प्रतिशत

    काठमाडौं । कृषि विकास बैंकको नाफामा २९ प्रतिशतले गिरावट आएको छ ।

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँ छ । यस्तो नाफा गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ थियो ।

    खुद ब्याज आम्दानी नै १ अर्ब घट्दा कम्पनीको नाफमा असर परेको देखिन्छ । यस्तो आम्दानी पहिले ४ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

    लोन लस प्रोभिजन केही घटेको छ । यस्तो रकम पहिले १ अर्ब ९ करोड रुपैयाँ रहेकोमा अहिले ८५ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.९ प्रतिशत छ । पहिले ३.०२ प्रतिशत थियो ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १५:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij