Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, लाभांश क्षमता १० प्रतिशत

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, लाभांश क्षमता १० प्रतिशत


  • 2.7K
    Shares

    कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, लाभांश क्षमता १० प्रतिशत

    काठमाडौं । कृषि विकास बैंकको नाफामा २९ प्रतिशतले गिरावट आएको छ ।

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँ छ । यस्तो नाफा गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ थियो ।

    खुद ब्याज आम्दानी नै १ अर्ब घट्दा कम्पनीको नाफमा असर परेको देखिन्छ । यस्तो आम्दानी पहिले ४ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

    लोन लस प्रोभिजन केही घटेको छ । यस्तो रकम पहिले १ अर्ब ९ करोड रुपैयाँ रहेकोमा अहिले ८५ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.९ प्रतिशत छ । पहिले ३.०२ प्रतिशत थियो ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १५:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij