२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दास्रो त्रैमाससम्म नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको नाफा २१.८६ प्रतिशतले घटेको हो ।
चालु आवको पौष मसान्तसम्म बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा यस्तो नाफा ५९ करोड रुपैयाँ रहेको थियो ।
बैंकको प्रति सेयर आम्दानी ८.०३ रुपैयाँबाट घटेर ६।२७ रुपैयाँमा सिमित भएको छ । यसैगरी, प्रति आम्दानी अनुपात ४१।५१ गुणा, नेट वर्थ २६१.९६ रुपैयाँ रहेको छ । वितरण योग्या नाफा १६ करोड २१ लाख ऋणात्मक रहेको छ ।
बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij