Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनएमबि बैंकले कमायो २ अर्ब ३५ लाख नाफा

एनएमबि बैंकले कमायो २ अर्ब ३५ लाख नाफा


  • 1.4K
    Shares

    एनएमबि बैंकले कमायो २ अर्ब ३५ लाख नाफा

    काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म नाफा ४५.६१ प्रतिशतले बढाएर २ अर्ब ३५ लाख रुपैयाँ पुर्याएको छ । यस्तो नाफा गत आवको सोही अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ थियो ।

    बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । 

    १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ छ । बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

    बैंकको प्रति सेयर आम्दानी ६ रुपैयाँ ८४ पैसाबाट बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ ।

    बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा २.८६ प्रतिशत थियो ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १३:३३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij