Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

माछापुच्छ्रे बैंकले ६ महिनामा कमायो ८० करोड

माछापुच्छ्रे बैंकले ६ महिनामा कमायो ८० करोड


  • 1.4K
    Shares

    माछापुच्छ्रे बैंकले ६ महिनामा कमायो ८० करोड

    काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ७३ रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको दुई त्रैमास अन्त्यको बराबर नै नाफा कमाउन सफल भएको हो ।

    गत आवको पुस मसान्तसम्म माछापुच्छ्रेले ८० करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो ।

    बैंकको ब्याज आम्दानी घटे तापनि ब्याज खर्च पनि घटेका कारण गत आवको ६ महिनाभन्दा तुलनात्मक रुपमा केही बढी खुद ब्याज आम्दानी गर्न सफल भएको छ । यस अवधिमा बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम पनि गत आवको भन्दा थोरै कम छ । यसकारण बैंकको नाफा केही लाख बढी देखिएको छ ।

    ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड र इम्पेयरमेन्ट चार्ज २० करोड ४७ लाख रुपैयाँ छ । गत वर्ष यस्तो रकम २ अर्ब ६३ करोड र २३ करोड ८६ लाख थिए ।

    यता बैंकको निष्क्रिय कर्जा भने भारी मात्रामा बढेको छ । गत आवको पुस मसान्तसम्म २.६ प्रतिशतमा रहेको खराब कर्जाको दर अहिले बढेर ४.५४ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा भने १.९७ प्रतिशत छ ।

    बैंकको नाफा झिनो मात्राले बढ्दा प्रतिसेयर आम्दानीमा ३ पैसा सुधार भएर १३.८६ रुपैयाँ, नेटवर्थ १५४.२ रुपैयाँ र पीई रेसिया १६.२७ रहेको छ । ६ महिनाको अन्त्यमा बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६३ लाख रुपैयाँ छ ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १३:१६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij