२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि ५ लाख २२ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीको पोखरामा सम्पन्न दोस्रो साधारणसभाले सर्वसाधारणहरुको लागी आईपीओ निष्कासन गर्ने प्रस्ताव सर्वसहमतिले पारित गरेको हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij