Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क : परराष्ट्रमन्त्री राणा

विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क : परराष्ट्रमन्त्री राणा


  • 1.1K
    Shares

    विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क : परराष्ट्रमन्त्री राणा
    images

    काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको बताएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् । 

    बैठकमा उनले भनिन्– ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु ।’ उनले यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको बताउँदै राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको बताइन् ।

    उनले भनिन्– ‘कतारको राजदूतसँग फोनमा कुरा गरे । त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ । भोलि कतारको परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ । मलाई कुरा हुने आशा छ ।’

    मन्त्री राणाले यसअघि ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताइन् । उनले जुलाईमा इजरायलले नै महिला बालबालिकाको सूची हमासलाई पठाइसकेको रिपोर्ट आएको समेत बताइन् ।    

     

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - १३:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij