Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकामा आगलागी : मृत्यु हुनेको संख्या १६ पुग्यो, १३५ अर्ब डलर क्षति

अमेरिकामा आगलागी : मृत्यु हुनेको संख्या १६ पुग्यो, १३५ अर्ब डलर क्षति


  • 2.0K
    Shares

    अमेरिकामा आगलागी : मृत्यु हुनेको संख्या १६ पुग्यो, १३५ अर्ब डलर क्षति
    images

    काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ ।

    हावाको गति बढेसँगै आगलागी झनै बढेको छ । हाल त्यहाँ ८० किलोमिटररघण्टाको गतिमा हावा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ । अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्नि नियन्त्रकहरू आइपुगेका छन्।

    आगलागीको संकटका बिच क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा लुटपाटको घटना भएको छ, त्यसपछि प्रशासनले कर्फ्यु घोषणा गरेको छ । यस मामिलामा २० जनालाई पक्राउ गरिएको छ।

    रोयटर्सका अनुसार लस एन्जलिसमा आगलागीका कारण हालसम्म १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ । त्यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ ।

     

    प्रकाशित मिति :पौष २८ २०८१ आइतवार - १५:५३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij