Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

जापानमा हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते

जापानमा हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते


  • 1.3K
    Shares

    जापानमा हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते
    images

    काठमाडौं । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् ।

    प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा दिउँसो आक्रमण भएको थियो । आक्रमणमा संलग्न भएको आरोपमा सोही क्याम्पसमा समाजशास्त्र अध्ययन गर्ने २० वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । एफएनएनका अनुसार आक्रमणकारी छात्रालाई थप आक्रमण गर्नबाट विश्वविद्यालयका कर्मचारीले रोकेका थिए ।

    जापानमा हिंसात्मक अपराधको दुर्लभ यस घटनाको बारेमा प्रहरीले एएफपीसँग तत्काल घटनाको बारेमा बिस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ । जापानमा बन्दूक नियन्त्रणका लागि कडा कानून छ।

    एनएचकेको लाइभ फुटेजमा जापानको राजधानीको उपनगरीय माचिडा जिल्लामा रहेको क्याम्पसमा आपतकालिन सवारी साधनहरूको लाइन लागेको र साइरेनसहित रातो निलो बत्ती चम्किरहेको देखिएको छ ।

    गत डिसेम्बरमा जापानको दक्षिणपश्चिमी क्षेत्रमा रहेको म्याकडोनल्ड रेस्टुरेन्टमा एक जुनियर हाईस्कुलका विद्यार्थीको छुरा प्रहार गरी हत्या गरिएको थियो भने अर्का एक जना घाइते भएका थिए । उक्त आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको थियो ।

    सन् २०१९ मा जापानको कावासाकी शहरमा एक जना स्कुले छात्रासहित दुई जनाको छुरा प्रहार गरी हत्या गरिएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । उक्त घटनामा ५१ वर्षीय आक्रमणकारीले बालबालिकाको एक समूहमाथि प्रहार गरेका थिए भने घाँटीमा छुरा प्रहार गरेको अनुसन्धानपछि पुष्टि भएको थियो । 

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - १५:४५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij