Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकाको लस एन्जलसको आगोमा मृत्यु हूनेको सङ्ख्या सात पुग्यो

अमेरिकाको लस एन्जलसको आगोमा मृत्यु हूनेको सङ्ख्या सात पुग्यो


  • 1.2K
    Shares

    अमेरिकाको लस एन्जलसको आगोमा मृत्यु हूनेको सङ्ख्या सात पुग्यो
    images

    काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो फैलिएर नयाँ क्षेत्र भेन्टुरा काउन्टीमा पुगेको छ । आगलागीबाट मृत्यु हूनेको सङ्ख्या बढेर सात जना पुगेको छ ।

    लस एन्जलसको फायर डिपार्टमेन्टका प्रमुख क्रिस्टन क्राउलीले पालिसेड्समा भएको आगलागीमा परी दुई जनाको मृत्यु  भएको जानकारी दिनुभयो । यसअघि इटनमा आगलागीका कारण पाँच जनाको मृत्यु भएको थियो । आगलागीमा मृत्यु हूनेको सङ्ख्या अझै बढ्ने अनुमान रहेको बीबीसीले जनाएको छ ।

    लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा पनि आगलागी शुरू भएको र तीव्र हावाका कारण यो आगो तीव्र गतिमा फैलिएर अन्य विभिन्न क्षेत्रमा पुग्ने बताउनुभएको छ । उहाँले प्रशासनको आदेशको पालना गरी प्रभावित क्षेत्र खाली गर्न नागरिकलाई आग्रह गर्नुभएको खबरमा उल्लेख छ ।

     

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - १२:२५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij