२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म पुगेको छ, जसका कारण धेरै प्रसिद्ध ठाउँहरू खाली गराइँदै छ। खाली गराइने स्थलमा डल्बी थिएटर, हलिउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम छन्।
डल्बी थिएटर त्यही ठाउँ हो, जहाँ एकेडेमी अवार्ड समारोह आयोजना गरिन्छ। बीबीसीका अनुसार आगलागीका कारण हलिउड वरपरका सडकमा भागाभाग छ। धेरै मानिस झोला र सुटकेस बोकेर भाग्ने ठाउँ खोजिरहेका छन्। आगलागी भएका सडकमा सवारी जाम भएको छ। यी सडकमा प्रतिष्ठित हलिउड बुलेभार्ड र हलिउड वाक अफ फेम पनि छन्। आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्युसमेत भइसकेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij