२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । कुनै कुरा अस्वीकार गर्ने वा नो भन्ने कार्य निकै सजिलो लाग्न सक्छ। तर, केही व्यक्तिका लागि भने यस्तो शब्द बोल्ने कुरा जीवनभर आफैंलाई कष्ट दिनेभन्दा कठिन बन्दछ । छिमेकी मुलुक भारतको गुजरातका एक व्यक्तिले आफ्नो जागिर छोड्ने कुरा आफ्नो मालिकलाई भन्न डराउँदा आफ्नै बायाँ हातका चार औंला काटेका छन् ।
मेयर तरपारा नामका ती युवकले हालै आफ्नो जन्म सहर सुरतस्थित प्रहरी कार्यालयमा उपस्थित भएर आफ्नो बायाँ हातका चार औंला हराएको भन्दै अनौठो उजुरी गरे। साथीको घर जाँदै गर्दा मोटरसाइकल चलाइरहेका बेला अचानक चक्कर लागेर सडक छेउमा लडेको र करिब १० मिनेटपछि होसमा आउँदा आफ्नो बायाँ हातका चारवटा औंला काटिएको अवस्थामा पाएको उनको दाबी थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij