२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । अमेरिकाको अलास्कामा हाँसेको विषयलाई लिएर क्रुज शिपमा श्रीमानले श्रीमतीको हत्या गरिदिएका छन् । केनेथ मन्जानदारेस नाम गरेका ती पुरुषले ३९ वर्षकी आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।
श्रीमतीको शव जहाजको क्याबिनमा पाइएको थियो भने शवको टाउकोमा गहिरो चोट फेला परेको थियो । अदालतमा पेस गरिएको कागजपत्रका अनुसार केनेथलाई उनले लगाएको कपडामा रगत देखेपछि प्रहरीले पक्रेको बताइएको छ ।
अमेरिकी मिडियाहरुले पीडित श्रीमतीको पहिचान युटाको क्रिस्टी मन्जानारेस भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार क्याबिनमा जाँदै गर्दै केनेथले पत्नीको शरीर घिसारिरहेको पाएका थिए । उनले पत्नीको शरीर समुद्रमा फ्याँक्ने नियतले त्यसतर्फ लगेकोमा प्रत्यक्षदर्शीले शवलाई तानेका थिए । पछि केनेथलाई हिरासतमा लिइएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij