Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लक्ष्मी सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो

लक्ष्मी सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो


  • 2.2K
    Shares

    लक्ष्मी सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको लाभांश प्रस्ताव पारित भएको छ । बैंकको आज (बुधबार) बसेको २४औँ बार्षिक साधारण सभाले बैंकको लाभांश प्रस्ताव पारित गरेको हो । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । 
     
    उक्त सभाले आर्थिक वर्ष (आ.व.) २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । गत (आ.व.) २०८०/८१ मा ३३३ अर्ब रुपैयाँ निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुयाएको सो बैंकको वासलातको आकार ३९५ अर्ब रहेको छ । गत आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

    प्रकाशित मिति :पौष २४ २०८१ बुधवार - १६:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij