Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागिन् महिला

पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागिन् महिला


  • 1.6K
    Shares

    पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागिन् महिला
    images

    नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा  एक महिला भिखारीसँग फरार भएको घटनाले धेरैको ध्यान तानेको छ । ती महिलाले पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागेको जनाइएको छ ।

    उत्तर प्रदेश राज्यको हरदोई जिल्लाको हरपालपुर निवासी राजुले प्रहरीमा यसबारे उजुरी गरेका छन् । राजुका अनुसार उनकी पत्नी लामो समयदेखि नियमितजसो आफ्नो घरमा माग्न आउने एक भिखारीसँग भागेकी हुन् ।

    ती भिखारी प्रायः आफ्नो घरमा माग्न आइरहने, उसले हात हेरेर भविष्यवाणीसमेत गर्ने गरेको पीडित राजुको भनाइ छ । सोही क्रममा आफ्नो पत्नीले ती भिखारीसँग लामो समय कुरा गर्दै आएको राजुले बताएका छन् ।

    चार दिनअघि तरकारी र कपडा किन्न भनेर घरबाट निस्किएकी आफ्नी पत्नी फर्केर नआएको राजुले प्रहरीलाई जानकारी दिएका छन् । पत्नीले घरमा राखेको एक लाख ६० हजार नगद रकम लगेको उनको आरोप छ ।

    भिखारीले आफ्नी पत्नीलाई फकाएर लगेको भन्दै उनले चाँडो खोजी गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन् ।

    हरपालपुर थानाका प्रहरी प्रमुख राजदेव मिश्राले पत्नी भागेको सम्बन्धमा राजुले निवेदन दिएको बताए । उनको निवेदनका आधारमा भिखारी र राजुकी पत्नीको खोजी भइरहेको मिश्राको भनाइ छ ।  एजेन्सी

    प्रकाशित मिति :पौष २४ २०८१ बुधवार - १४:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij