Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोनाको विषयमा श्रीलंकाको कारागारमा झडप हुँदा ८ कैदीको मृत्यु, ५० बढी घाइते

कोरोनाको विषयमा श्रीलंकाको कारागारमा झडप हुँदा ८ कैदीको मृत्यु, ५० बढी घाइते


  • 7.4K
    Shares

    कोरोनाको विषयमा श्रीलंकाको कारागारमा झडप हुँदा ८ कैदीको मृत्यु, ५० बढी घाइते

    श्रीलङ्काको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा आठ व्यक्तिको मृत्यु भएको छ ।

    दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दङ्गामा अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन् ।

    कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए ।

    राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् । श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन् ।

    कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाले बताएका छन् ।एजेन्सी

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १५:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij