Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

हमासले ३४ जनालाई रिहा गर्ने, विपिन जोशीबारे अझै पत्तो लागेन

हमासले ३४ जनालाई रिहा गर्ने, विपिन जोशीबारे अझै पत्तो लागेन


  • 1.2K
    Shares

    हमासले ३४ जनालाई रिहा गर्ने, विपिन जोशीबारे अझै  पत्तो लागेन
    images

    हमासले इजरायल आक्रमणका क्रममा बन्दी बनाएकामध्ये ३४ जनालाई रिहा गर्ने भएको छ।

    हमासका एक वरिष्ठ अधिकारीले ३४ जनाको सूची सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै इजरायलसँगको सम्भावित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत उनीहरूलाई रिहा गर्न लागेको जनाएका छन्। 

    सार्वजनिक सूचीअनुसार ५० देखि ८५ वर्ष उमेर समूहका १० महिला र ११ वृद्ध पुरुष छन्। त्यस्तै साना केटाकेटी र बिरामी व्यक्तिलाई पनि सूचीमा समावेश गरिएको जनाइएको छ । 

    नेपालका विपिन जोशी पनि हमासको बन्धकमा रहेको अनुमान गरिएको छ तर उनका बारेमा स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । 

    हमासले सन् २०२३ अक्टोबर महिनामा इजरायलमा गरेको आक्रमणका क्रममा २५१ जनालाई बन्धक बनाएको थियो। यस क्रममा एक हजार २०० जनाको ज्यान गएको थियो। त्यसपछि इजरायलले हमास सम्बद्ध प्यालेष्टिनी नागरिकमाथि आक्रमण गर्दै आएको छ। 

    प्रकाशित मिति :पौष २३ २०८१ मंगलवार - ०७:०९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij