२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ।
यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो। राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ।
कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij