Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकामा १० बर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता

अमेरिकामा १० बर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता


  • 1.7K
    Shares

    अमेरिकामा १० बर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता
    images

    काठमाडौं । अमेरिकामा आइतबार देखी आएको भीषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ ।यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले ७ राज्यमा उच्च सतर्कता घोषणा गरिएको हो ।

    जसअनुसार अमेरिकाले उच्च सर्तकता घोषणा गरेका ७ वटा राज्यहरूमा केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास र मिसौरीमा रहेका छन ।

    अमेरिकाको राष्ट्रिय मौसम बिभागले यो आँधीले अमेरिकाका ६ करोडभन्दा बढी मानिसको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित पार्न सक्ने जनाइएको छ । यतिखेर सामान्यतया न्यानो मौसम हुने फ्लोरिडामा पनि भारी हिमपात भइरहेको छ।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार कन्सास र मिसौरी राज्यका लागि विशेष चेतावनी जारी गरिएको छ। राष्ट्रिय मौसम बिभागका अनुसार यी दुई राज्यका धेरै क्षेत्रमा ८ इन्चसम्म हिमपात हुनसक्ने देखिएको छ भने अहिले पनि यहाँ ७२ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।

    ध्रुवीय भोर्टेक्स नै अमेरिकामा भइरहेको यो हिम तूफानको मुख्य कारण मानिन्छ। ध्रुवीय भोर्टेक्सहरू घडीको उल्टो दिशामा बग्छन्। ध्रुवीय भोर्टेक्स र यसको भौगोलिक संरचनाको कारण सामान्यतया उत्तरी ध्रुव वरिपरि घुमिरहन्छ। तर जब यो दक्षिणतिर सर्छ तब यसले अमेरिका, युरोप र एसियामा कडा चिसो ल्याउन सुरू गर्छ ।  

     अहिले अमेरिकामा पनि भइरहेको हो । मौसम विज्ञहरूका अनुसार यी ध्रुवीय हावाले युरोप र एसियामा पनि उड्ने भएकाले सो क्षेत्रमा पनि चिसो बढने र हिमपात हुने जनाएका छन ।

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - ११:२३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij